जाली नोटको पहिचान कसरी गर्ने ?

182
0
Share:

काठमाडौं । बेलाबेलामा बजारमा नक्कली नोट भेटियो भन्ने विषयले चर्चा पाउने गरेको छ । बजारमा सक्कली जस्तै देखिने नक्कली नोटहरूले कहिलेकाही व्यापारीदेखि सर्वसाधारणहरु समेत ठगिइरहेका हुन्छन् । नोटका आफ्नै विशेषता हुने गर्छन् । नोटको सेक्युरिटी कडा हुन्छ ।

नोटमा रहेका आँखाले देख्न सकिने केही विशेषताहरूको बारेमा पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ । जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ । जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ । नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रुपमा देखिँदैन । सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा ल्च्द्य लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन ।

नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ । सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन । सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ ।

नोट जाली हो कि भनी शंका लागेमा नजिकको नेपाल राष्ट्र बैंकको कार्यालय वा प्रहरी कार्यालयमा खबर गर्नुपर्दछ ।

कमेन्ट गर्नुहोस्