कुमारी बैंकको नाफासँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि, वितरणयोग्य मुनाफा कति ?

188
0
Share:

काठमाडौं । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कुमारी बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा कुमारी बैंकको नाफा ८५.०७ प्रतिशतले बढेर एक अर्ब १४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा ५४ करोड ११ लाख रुपैयाँमा सीमित थियो ।

बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेर एक अर्ब ४३ करोड १३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको यस्तो आम्दानी ७६ करोड ९४ लाख रुपैयाँमा सीमित थियो । सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १९ करोड ६ लाख रुपैयाँ थियो।

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत १ अर्ब ४३ करोड आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७६ करोड ९४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ८६.०१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकले १ अर्ब ९७ करोड खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २८ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ५३.२५ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १४ अर्ब ७१ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १६.१७ प्रतिशतले बढेर ५ अर्ब २ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा कुमारी बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा खराब कर्जा अनुपात (एनपीएल) बढेर १.२८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.८२ प्रतिशत थियो। सीडी रेसियो ८८.९५ प्रतिशत रहेको बैंकको आधारदर १०.९९ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २७.२३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १५.६० रुपैयाँ रहेको थियो। पीई रेसियो ६.८३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ।

कमेन्ट गर्नुहोस्