निर्वाचनको लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले ५० हजार दिने

Share:

काठमाडौँ — मंसिर  ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई पुरस्कृत गर्ने भएको छ ।

निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको श्रोतले गरेको हो

टिकटक भिडियो प्रतियोगितामा सहभागी ब्यक्तिले २० सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगानामा कात्तिक १५ गतेभित्र पठाइसक्नुपर्ने आयोगले जनाएको छ ।                                            प्राप्तमध्ये उत्कृष्ट पाँच वटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्ने आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्