सिद्धार्थ बैंकका ग्राहकले ५०० रुपैयाँको अनलाइन कारोबार गर्दा ४०० क्यासब्याक पाउने

158
0
Share:

सिद्धार्थ बैंक लिमिटेडले तिहारको अवसर पारी आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ४०० रुपैयाँ क्यासब्याक योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिटकार्ड प्रयोग गरी पहिलोपटक ५०० रुपैयाँ वा सोभन्दा बढी रकमको पिओएस् अथवा अनलाइन कारोबार गर्दा ४०० रुपैयाँ क्यासब्याक पाउन सक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

यस योजनाले सर्वसाधारण ग्राहकलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

कमेन्ट गर्नुहोस्