बाराही हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले भर्न पाउँछन् ?

153
0
Share:

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आज (शुक्रबार) देखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल २ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा बागलुङ जिल्लाको जैमिन नगरपालिका वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सकुवा र विनामारे गाविकासका तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट खरिद आवेदन दिन सक्नेछन्। एनएमबि बैंकको कुश्मीसेरा शाखा, कुमारी बैंकको पर्वतस्थित फलेवास शाखा, ग्लोबल आइएमई बैंकको कुश्मीसेरा शाखा र गरिमा विकास बैंकको बागलुङ ट्राफिकचोक शाखाबाट पनि खरिद आवेदन सकिनेछ।

उक्त आईपीओमा छिटोमा कात्तिक १८ गतेसम्म आएदन दिन सकिनेछ छ। सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेको खण्डमा मंसिर ४ गतेसम्म आईपीओ बिक्री खुला गरिनेछ।

बाराही हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कमेन्ट गर्नुहोस्