विभिन्न अभियानलाई तीव्रता दिन नगरप्रहरी थप्दै काठमाडौं महानगर

172
0
Share:

विभिन्न अभियानलाई तीव्रता दिन काठमाडौं महानगरपालिकाले १६२ जना नगरप्रहरी थप्ने भएको छ । सडक पार्किङ, अन्डरग्राउन्ड पार्किङ, फुटपाथ व्यापार, होर्डिङ बोर्ड, डिजिटल बोर्ड र सहरी सरसफाइका लागि करारमा नगरप्रहरी थप्न लागिएको हो ।

नयाँ भर्नाका लागि नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा कम्तिमा पाँच वर्ष सेवा गरी ४५ वर्ष ननाघेकालाई विशेष प्राथमिकता दिइने महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

उनले आगामी एक महिनाभित्रै महानगरका विभिन्न अभियानलाई तीव्र पार्न करारमा नगरप्रहरी भर्ना लिइने बताए । युनिक सेक्युरिटी सर्भिस प्रालिमार्फत नगरप्रहरी छनोट प्रक्रिया अघि बढिसकेको एसपी पाण्डेले बताए । महानगरको नगरप्रहरी बलमा हाल १७३ जना कार्यरत छन् ।

कमेन्ट गर्नुहोस्