
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो नै चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो संस्था बनेको छ ।
संस्थाले पहिले त्रैमासमा आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ भने अधिकाशं सूचकमा चमक देखिएको छ । संस्थाले असोज मसान्तसम्म ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०१.९८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
पहिलो त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी ११९.३३ प्रतिशतले बढेर ७ करोड ६५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३ करोड ४८ लाख रुपैयाँमा सीमित थियो।
सो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ११२.८६ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ करोड ५६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ संस्थाको जगेडा कोषमा ९ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.९९ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको ईपीएस १०.३४ रुपैयाँमा सीमित थियो। मूल्य अनुपात आम्दानी (पीई रेसियो) २५.५९ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२६.९६ रुपैयाँ रहेको छ।
सोज मसान्तसम्म संस्थाले ५ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।








