घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

147
0
Share:

नेपाली बजारमा (बिहीबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला  ९३ हजार १०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला  ९३ हजार २०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्