`ए´ डिभिजन लिगमा डबल राउण्ड रोविनको नियम लागू हुदै

Share:

काठमाडौं ।

सहीद स्मारक `ए´ डिभिजन लिग आउदो २६ पुसदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र `ए´ डिभिजन क्लबका प्रतिनिधिहरूबीच मंगलबार बसेको बैठकले   जनाएको हाे ।

सहीद स्मारक `ए´ डिभिजन लिग २०७९ १६ पुस देखि २०८० काे २० जेठसम्म आयोजना गर्ने निर्णय भएको छ’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डबल राउण्ड रोविनको आधारमा खेल सञ्चालन गरिने छ ।’

लिगका खेलहरू उपत्यका बाहिर पोखरा र बिराटनगरमा पनि आयोजना गर्नका लागि पहल गरिने एन्फाले जनाएको छ । लिगलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा १४ कात्तिकमा कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरिएको एन्फाले जनकारी दिएकाे छ ।

कमेन्ट गर्नुहोस्