
भारतको हैदराबादमा अलपत्र परेका एक युवकको उद्धार गरी नेपाल ल्याइएको छ ।सामाजिक अभियन्ता तथा सुदूरपश्चिमेली नेपाली समाजको सहयोगमा ती युवकलाई मंगलबार नेपाल ल्याइएको हो ।
बागलुङको बरेङ गाउँपालिका वडा नं. ४ का ४४ बर्षीय थापालाई सामाजिक अभियन्ता तथा सुदूरपश्चिमेली नेपाली समाज, भारत तेलङ्गाना राज्य समिति सचिव रुपक बिष्ट र नेपाली संघ भारतका केन्द्रीय सदस्य राकेश विक, नेपाली संघ भारतका केन्द्रीय सदस्य तथा तेलङ्गाना राज्य ईन्चार्ज प्रकाश परियार र सामाजिक अभियान्ता केशव शाहीको विशेष पहलमा र यज्ञराज जैशी, अनिल प्रकाश केसी लगायतको सहयोगमा उनको उद्धार गरिएको सचिव रुपक बिष्टले जानकारी दिए ।
थापाको उद्धारका लागि रुपक बिष्टले रु ५००, प्रकाश परियारले रु ५००,राकेश बिकले रु ५००, अनिल प्रकाश केसीले रु ५००, यज्ञराज जैशीले रु ५००, केशव शाही रु १५००, वीरेन्द्र रावलले रु २००, जगत नेपालीले रु २००, दिनेश नेपालीले रु २००, तिलक न्यौपानेले रु २००, तुलबहादुर थापाले रु ४०० संकलन गरी जम्मा ५ हजार २०० रुपैयाँ आर्थिक सहयोग पनि गरे । सबै अभियान्ताहरुलाई पीडित थापाले आभार व्यक्त गरेका विष्टले बताए ।








