महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने

124
0
Share:

महालक्ष्मी विकास बैंकले १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै गत असोज २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

बैंकले ११ प्रतिशत ब्याज दिनेगरी ‘महालक्ष्मी डिबेन्चर २०८९’ नामक १० वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो । बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ भएको ऋणपत्र जारी गर्नेछ। जसमा बैंकले व्यक्तिगत तबरबाट ६ लाख इकाइ बिक्री गर्नेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

यो ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

कमेन्ट गर्नुहोस्