
साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारमा सामान्य अंककाे गिरावट आएकाे छ ।
आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २.६१ अंकले घटेको छ । आज नेप्से परिसूचक १८५८.३३ बिन्दुमा बन्द भएको छ ।
यस दिन कारोबार अवधिभर २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर खरिदबिक्री हुँदा ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ६ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ७ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ५३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२५ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।
आज अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८०८ रुपैयाँ पुगेको छ । त्यसैगरी आज मात्र दोस्रो बजारमा कारोबारमा आएको सयपत्री हाइड्रोपावरको सेयर मूल्य पनि ९.९६ प्रतिशतले वृद्धि भएर २१४ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार पिपुल्स पावरको सेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ । यसको सेयरमूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता २३०.२० रुपैयाँ पुगेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज २ करोड ७९ लाखभन्दा बढीको कारोबार भएको छ ।








