
बैंक अफ काठमाण्डूले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्तापुँजीको १४.९५ प्रतिशतले हुन आउने १ अर्ब ५८ करोड ८२ लाख ८७ हजार ११३.७६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) र ६ प्रतिशतले हुन आउने २ अर्ब २२ करोड ५७ लाख २६ हजार ७५८.०८ रुपैयाँबराबरको बोनस सेयर रहेका छन्।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।
कमेन्ट गर्नुहोस्








