शताब्दी पुरुष जाेशीकाे शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने

196
0
Share:

ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । जाेशीकाे शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने  तयारी भइरहेकाे छ ।

शवलाई अस्पतालको प्रांगणमा श्रद्धाञ्लीका लागि राखिने पारिवारिक स्रोतले जानकारी दिएको छ । जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए ।

उनको दाहसंस्कार कसरी गर्ने भन्ने बारेमा परिवार र अस्पतालबीच छलफल भएको थियो । छलफलकाे क्रममा  जाेशीकाे शवलाई  नजलाई  अध्ययनकाे लागि अस्पतालमा राख्ने  सहमति  भएकाे हाे ।

शताब्दी पुरुष जाेशीकाे आज बिहान ७ बजेर ९ मिनेटमा  १०३ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्