टीभीएसले बेजोड अनि अद्भुत एक्सचेन्ज मेला आयोजना गर्ने

272
0
Share:

नेपालका लागि टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’  आयोजना गर्ने भएको छ ।

मेला असोज ३१ बाट कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने कम्पनीले जनाएको छ । मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पूरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन् ।

यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पूरानो बाइक तथा स्कुटर एक्सचेन्ज गरेर टिभिएसको मोटरसाइकल र स्कुटर लिँदा बजार मुल्याङ्कन भन्दा ७ हजार रुपैयाँ बढी पाउने कम्पनीको भनाइ  छ ।

साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुट समेत पाउने कम्पनीको भनाइ छ । यस योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५% डाउनपेमेन्ट र रु ४,२७७ को मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिने कम्पनीको भनाइ छ ।

यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् ।  जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।

कमेन्ट गर्नुहोस्