आफ्नै साथीको अपहरण गरी एकलाख रुपैयाँ फिरौती माग, नदिएपछि हत्या

347
0
Share:

फिरौती मागेको रकम नदिंँदा विराटनगरमा एक युवकको हत्या भएको छ । विराटनगरस्थित बसपार्कको एक होटलमा सिरहा गोलबजार घर भएका १९ वर्षे अंशु सदाको हत्या भएको हो ।

उनलाई अपहरण गरेर विराटनगर ल्याई स्थानीय न्यू अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या भएको प्रहरीले जनाएको छ । असोज २३ गतेदेखि अपहरण गरेरे उक्त गेष्ट हाउसमा राखिएको एक लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

सदा सामान्य किसान परिवारका उनको असोज २७ गते बेलुका हत्या भएको एसपी कोइरालाले बताए । उनको शव गेस्टहाउसको बक्सपलङभित्र फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्की छन् । प्रहरीका अनुसार उनीहरु सबै मृतकसँग चिनजान भएकै साथीहरु हुन् ।

कमेन्ट गर्नुहोस्