नेप्सेमा ४.१५ अंकको वृद्धि, कारोबार रकममा पनि सुधार

123
0
Share:

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा (बिहीबार) सामान्य अंकले बढेको छ । आज नेप्से ४.१५ अंकले बढेर १८ ७०.६३ विन्दुमा बन्द भएको हो । हिजाे बुधबार नेप्से ११.३६ अंकले बढेर १८६६.५२ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा ८२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा ६९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कुल १३ उपसमूहमध्ये १२ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी १ वटा समूहको सेयर मूल्य घटेको छ । आज कारोबार भएका कम्पनीमध्ये ९५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७९ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६६७.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्यमा सबैभन्दा बढी घटेको छ । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यसको आज तीन करोड ४० लाख भन्दा बढीको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्