
अर्थमन्त्री जनार्दन शर्मा ग्रीन क्लाइमेट फण्ड (जीसीएफ)मा सहभागी हुन अमेरिका प्रस्थान गरेसँगै अर्थ मन्त्रालयको जिम्मेवारी ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई दिइएको छ ।
अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भुसाललाई सो मन्त्रालयको जिम्मेवारी दिएका हुन् । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी भुसालले सम्हाल्ने जानकारी दिएको छ ।
अर्थमन्त्री शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर दक्षिण कोरियाको इन्चेनमा आयोजना हुने जीसीएफमा समेत सहभागी हुनेछन् । नेपाल राष्ट्र बैंकका गर्भनर यसअघि नै अमेरिका प्रस्थान गरिसकेका छन् । अर्थमन्त्री शर्मासँगै अर्थसचिव कृष्णहरि पुस्कर र सह–सचिव ईश्वरीप्रसाद अर्याल पनि अमेरिका गएका छन् ।








