
नेपाली बजारमा (मंगलबार) पनि सुनको मूल्य घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २३० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्








