सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो

256
0
Share:

दशैँपछिको पहिलो दिन बढेको बजारमा आज उच्च गिरावट आएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेको छ । कारोबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ ।

आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.१६ अंकले घटेर १९७१.२२ विन्दुमा झरेकाे छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.३६ अंकले घटेर ३६६.८४ विन्दुमा झरेकाे छ ।

कूल २३३ वटा कम्पनीकाे ३१ लाख ५५ हजार ६ सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ हजार ७ सय १४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । १६ करोड ५८ लाख रुपैयाँसहित कारोबार रकममा हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल इन्सुरेन्सको संस्थापक सेयर र तेस्रोमा नबिल बैंक परेका छन् ।

कमेन्ट गर्नुहोस्