सुनको मूल्य तोलामा ८०० ले घट्यो,चाँदीको मूल्य पनि ओरालो

188
0
Share:

नेपाली बजारमा (सोमबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै आज छापावाला सुन प्रतितोला ९५ हजार २०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजो सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेको थियो। हिजो  छापावाला सुन प्रतितोला ९६ हजार रुपैयाँ र तेजाबी सुन ९५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार २३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ८५ रुपैयाँले बढेर चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्