हेटौंडाको मेयरमा पराजित सिंहले मकवानपुर-१ बाट गराए मनोनयन दर्ता

273
0
Share:

प्रतिनिधिसभाको मकवानपुर क्षेत्र न १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रिय सदस्य दिपकबहादुर सिंहले मनोनय दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन दर्ता गराएका हुन् । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा पराजित सिंहले यसपटक संघीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

सो क्षेत्रबाट नेकपा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, गठबन्धनबाट नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यय डिना उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्