मर्चेन्ट बैंकिङ व्यवसाय के हो ?

296
0
Share:

धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रबन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर नियमावली), २०६४ बमोजिम अनुमतिप्रत्र प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध, प्रत्याभूति, सेयर रजिष्ट्रेसहन (अभिलेख), लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा जस्ता सेवाहरु प्रदान गर्ने व्यवसायलाई मर्चेन्ट बैंकिङ व्यवसाय भनिन्छ ।

मर्चेन्ट बैंकिङ व्यवसाय प्रदान गर्ने संस्थालाई मर्चेन्ट बैंकर भनिन्छ । हाल नेपालमा ३० वटा मर्चेन्ट बैंकरले मर्चेन्ट बैंकिङ व्यवसाय गरिरहेका छन् । मर्चेन्ट व्यवसाय सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । बोर्डबाट अनुमति प्राप्त नगरी मर्चेन्ट बैंकिङ सम्बन्धि व्यवसाय गरेमा सो कार्य धितोपत्र सम्बन्धि कसूर हुन्छ ।

मर्चेन्ट बैंकरका कार्यहरु

-धितोपत्र निष्काशनका लागि विवरण पत्र, बिक्री सम्बन्धि प्रस्ताव तथा अन्य विवरण तयार गर्ने लगायत सो सम्बन्धि अन्य कार्यहरु गर्ने ।

-संगठित संस्थाले निष्काशन गरेको धितोपत्रहरु बिक्री नभएमा आफूले खरिद गर्न प्रत्याभूति (अण्डरराइटिङ्ग) गर्ने ।

-संगठित संस्थाको सेयरधनीहरुको अभिलेख राख्ने ।

-सेयर रजिस्ट्रेसन सम्बन्धि अन्य अन्य आवश्यक सेवा प्रदान गर्ने ।

-ग्राहकको लागि लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने तथा संगठित संस्थाको सेयर संरचना हेरफेर मूल्यांकन व्यावसायिक योजना क्यापिटल फाइनान्सिङ, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेन्चर क्यापिटल, प्राइभेट इक्वीटी, हेज फण्ड जस्ता कोष सञ्चालन, सम्पत्ति व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गर्ने ।

-सामुहिक लगानी कोष नियमावली २०६७ बमोजिम योजना व्यवस्थापक र डिपोजिटरी र धितोपत्रको केन्द्रीय निक्षेप सेवा नियमाली २०६७ बमोजिम निक्षेप सदस्य (डिपी) को कार्य गर्ने

कमेन्ट गर्नुहोस्