२३ असोज ०७९,काठमाडौ । आउदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेससभा निर्वाचनका लागि हुने उम्मेदवारको प्रचार प्रसारका क्रममा राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने भएको छ ।
असोज १२ गतेदेखि कार्यान्वयनमा आएको निर्वाचन आचारसंहितामा अघिल्ला निर्वाचनको भन्दा आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा भन्दा धेरै झन्डा प्रयोग गर्न पाइदैन ।
यसरी प्रचार गर्दा मतदान भन्दा १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइन्छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता कार्तिक १७ गतेबाट मात्रै निर्वाचनको प्रचार गर्न पाइन्छ ।निर्वाचनको क्रममा उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा धेरै समर्थक मुख्य निर्वाचनको कार्यालय वा निर्वाचन कार्यालयमा लिएर जान पाउदैन । प्रचारका क्रममा पनि २५ जनाभन्दा धेरै समर्थक घरदैलोमा लैजान नपाउने व्यवस्था छ ।
स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह र धरान उपमहानगरका मेयरका स्वतन्त्र उम्मेदवारलगायतले नेपालको झन्डा प्रयोग गरेर निर्वाचन प्रचार अभियान गरेका थिए ।







