काठमाडौँ —आउदो निर्वाचनका लागि नेपाली कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको छ । सोही अनुसार महामन्त्री गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बन्ने भएका छन ।
- यस पटक पनि काङ्ग्रेसले पुरानो उम्मेदवार दोहोर्याएको छ । कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो। उनीहरुको निर्णय भैसकेपनि टिकट भने लगिसकेका स्रोतले जनाएको छ। कांग्रेस यसपटक काठमाडौं-३ मा सन्तोष चालिसे र काठमाडौं-५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् भने पौडेल कांग्रेसका केन्द्रिय सदस्य हुन् । २०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ २ ख बाट पराजित भएका थिए । गठबन्धनमा कांग्रेसको भागमा काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेको थियो । सिंह, थापा, प्रधान र केसीले आफ्नो सम्बन्धित क्षेत्रका सांसदहरु हुन् ।
हेर्नुहोस सूची
काठमाडौं–१ प्रकाशमान सिंह
काठमाडौं–३ सन्तोष चालिसे
काठमाडौं–४ गगन थापा
काठमाडौं–५ प्रदीप पौडेल
काठमाडौं–६ भीमसेनदास प्रधान
काठमाडौं–१० राजेन्द्र केसी
कमेन्ट गर्नुहोस्







