
ठेचो नवदुर्गा भवानी देवीको १२ वर्षे जात्राको महत्वपूर्ण पर्व दे भ्वे अर्थात सम्पुर्ण थेचोबासीलाई भोज खुवाउने यही आउदो असोज २४ गते सोमबार परेको छ ।जस अनुसार भोज खुवाउदा सम्पुर्ण गुथियार हरु सहित गाउबासी हरु एकै लाइन मा बस्नु पर्छ भन्ने मान्यता रहि आएको छ । यस दे भ्वे कमलको पातमा राखेर खुवाउनु पर्ने प्रचलन अनुसार हिजो देखी देवगण, स्वयंसेवक र स्थानियहरु धापाखेल स्थित नागदह र आखिदहमा कमलको पात टिप्ने कार्य भइरहेको छ ।
यस कार्यमा धापाखेलका स्थानियहरुले समेत सहयोग गरेका छन् । यस दे भ्ये को लागि झन्दै पाँच हजार जति कमलको पात आवश्यक पर्ने एक सम्बन्धित ब्यक्तिले जानकारी दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्