रामचन्द्रविरुद्ध चुनाव लड्ने कांग्रेस नेता भट्टराईको घोषणा

205
0
Share:

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा नेता रामचन्द्र पौडेलविरुद्ध बागी उठ्ने चेतावनी दिएका छन् ।

समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका भट्टराईले आज फेसबुकमार्फत उम्मेदवारी दिन लागेको संकेत गरेका हुन् ।

भट्टराईले भनेका छन्– ‘पार्टीको टिकटको पछि लाग्नुभन्दा तनहुँ क्षेत्र १ का मतदाता समक्ष आफूलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु । यसका लागि सबै साथीहरूलाई तयार रहनु अनुरोध गर्दछु ।’

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले २०७४ मा प्रदेशको टिकट पाए पनि एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए ।

उनी विश्वप्रकाश शर्माभन्दा अगाडिकै नेविसंघ अध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्