म्याग्दीमा दशैंमा भित्रियो ४० करोड रेमिट्यान्स

Share:

म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले दशैंमा मात्रै ४० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएका छन् ।

पितृपक्ष ९सोह्र श्राद्ध० को अष्टमी तिथिदेखि दशैंको फुलपातीको अघिल्लो दिन ९षष्ठी० सम्म ४० करोड १३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

विदेशमा रहेका व्यक्तिले चाडपर्वमा लक्षित गर्दै घरायसी प्रयोजन र चाडपर्वमा खर्च गर्नका लागि रकम पठाएका सेवा प्रदायक संस्थाले जनाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन ।

जिल्लामा भित्रिएको रेमिट्यान्सको ठूलो हिस्सा चाडपर्वमा घर खर्च, लत्ता कपडा लगायतका अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले सदरमुकाम बेनी बजारसहित जिल्लाका सबै ६ वटै स्थानीय तहमा शाखा सञ्चालन गरेर सेवा प्रदान गरिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगले विदेशबाट सिधै खातामा जम्मा हुने भएकाले पनि रेमिटको प्रवाहमा भएको वित्तीय संस्थाका प्रतिनिधिको भनाइ रहेको छ ।

म्याग्दीका ६ वटै स्थानीय तहमा शाखा रहेको प्रभू बैंक, ४ वटा शाखा रहेको गरिमा विकास बैंक, पश्चिम नेपाल सहकारी, धवलागिरि सहकारी, बेनी बचत तथा तथा ऋण सहकारी, लोकदीप सहकारी संस्था लगायत १ दर्जन सहकारीले ४ करोड बढी रेमिट भुक्तानी गरेको जनाएका छन् ।

ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे, प्रभू, कैलाश विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायतका बैंकले पनि रेमिट भुक्तानी गरेका छन् । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाहेक अघोषित रूपमा हुण्डीबाट समेत दशैं खर्च भित्रिने भएकाले चाडपर्वमा यो रकमभन्दा निकै धेरै रकम भित्रिएको अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्