बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछाने आज (बिहीबार) स्वदेश फर्किंदै छन् । आफू कतार एयरवेजको उडानबाट आज बिहान १० बजे काठमाडौं आइपुग्ने जानकारी उनी स्वयंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।
त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसपछि अनुसन्धानलाई अघि बढाउने क्रममा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुपमति लिएपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय टोलीबाट निलम्बन गरेको हो ।
उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए । सन्दीपले आफूमाथिको आरोप निराधार रहेको भन्दै त्यसको डटेर समाना गर्ने बताएका छन् ।