
दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जनाभन्दा बढी कोरोना भाइरसका संक्रमित रहेकाे छन्। स्थानीय स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार बुधवार मात्र २४ घण्टायता ३४ हजार ७३९ जनामा कोरोनाको संक्रमण भएको छ ।
अघिल्लो दिन मात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित भएकामा बुधवार ३४ हजारभन्दा बढी संक्रमित देखिएकाे हुन् । अघिल्लो हप्ता दैनिक करीब २४ हजार जनामा संक्रमण भएको बताए बुधवार संख्या वृद्धि भएको हो ।
पछिल्लो दिन १६ जनाको ज्यान गएको छ । यहाँ हालसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले ज्यान गएको छ ।
कोरोना महामारीको शुरू आतदेखि अहिलेसम्म नै २ करोडभन्दा बढीमा कोरोना संक्रमण देखिएको बताइएको छ ।
कमेन्ट गर्नुहोस्








