
पछिल्लो २४ घण्टामा देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३५ जनामा गरिएकोमा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा १०३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन् ।
कमेन्ट गर्नुहोस्