
काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को लागि लाभांश घोषणा गरेको छ । बैंकको गत वर्षको नाफाबाट १२.५०% नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको आज शुक्रबार बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।
कुमारीले हाल कायम १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँबाट यो नगद लाभांश प्रस्ताव गरेको हो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/Kumari_20201021205843-1024×273.jpg 1024w, 






