नेपालमा तीव्र गतिमा फैलिरहेको डेंगु २८ हजारभन्दा बढी व्यक्तिमा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बिहीबारसम्म डेंगु द्दड हजार १०९ जनामा डेंगु पष्टि भएको हो ।
यसैगरी डेंगु संक्रमणबाट पछिल्लो पठक थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार डेंगुबाट थप २ जनाको मृत्यु भएको हो । योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
हाल मुस्ताङबाहेक नेपालका सबै जिल्लामा देखिएको डेंगु संक्रमणबाट सबैभन्दा बढी काठमाडौं उपत्यकाका जिल्ला बढी प्रभावित छन् । मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ९७५, लुम्बिनीमा प्रदेशमा ३ हजार १२५, सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, गण्डकीमा ६ सय ७७, मधेश प्रदेशमा ४१३ र कर्णाली प्रदेशमा २३८ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक सन् २००४ मा नेपालमा डेंगुका बिरामी देखिएको थिए । सन् २००४ पछि हरेक वर्ष डेंगुको संक्रमण देखिँदै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।