डिजिटल भुक्तानी सहज बनाउँदै एनआइसी एसिया बैंक

Share:
arthasanjal.com/wp-content/uploads/2022/06/nic.jpg 700w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालमा डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने चलनको सुरूवात भएको धेरै भएको छैन। काठमाडौंमा भाट–भटेनी सुपरमार्केटको सुरूवात भएपछि ग्राहकले आफ्नो सामान आफै छानेर किन्न थाले।

त्योबेला ग्राहकलाई नौलो अनुभव गरे। हरेक सामान आफै छान्दै बकेटमा राख्दा नेपालमा नयाँ किनमेलको सुरूवात भएको थियो।
मुलुकमा डिपार्टमेन्ट स्टोर खुलेको झन्डै ४ दशक भए पनि यसमा आम मानिसको किनमेल गर्ने कल्चर भने भर्खर–भर्खर सुरूवात हुँदैछ। जहाँ किनमेलको नयाँ शैली प्रयोग भइरहेको छ।

भाट–भटेनी सुरू भएको लामो समयपछि मान्छेहरूले कार्डको प्रयोग गरेर भुक्तानी गर्न थालेका थिए। आज भने डिजिटल भुक्तानी भने व्यापक हुँदै गएको छ।

ठूला डिपार्टमेन्ट स्टोर, मार्टहरूमा किनमेल गर्न जानेहरू प्रायः डिजिटल भुक्तानी गर्न चाहन्छन् । ग्राहकको यही चाहनालाई बुझेर मुलुकमा सञ्चालित सबै डिपार्टमेन्ट स्टोर तथा मार्टहरूले विभिन्न माध्यमका डिजिटल भुक्तानी उपलब्ध गराएका छन् ।

डिपार्टमेन्ट स्टोर र आमग्राहकको चाहनालाई बुझेर बैंकले डिजिटल भुक्तानीमा सहयोग र सहजीकरण गरिरहेको छ।

बैंकले मुलकमा सञ्चालिन ठूला डिपार्टमेन्ट स्टोर तथा मर्चेन्टरूमा डिजिटल माध्यमबाट भुक्तानी गर्ने आफ्ना ग्राहककलाई विशेष सुविधा उपलब्ध गराएको छ।

बैंकले डिजिटल भुक्तानी बढाउन भाट–भटेनी, सेल्सबेरी, बिगमार्ट, साथीमार्टहरूसँग सहकार्य गरिरहेको छ।

बैंकले दशैं, तिहार, छठलगायतका नेपालीका महान चाडपर्वको अवसरमा यि डिपार्टमेन्ट स्टोर तथा मार्टहरूका सयौं शाखाहरूमा किनमेल गर्ने एनआइसी एशिया बैंकका ग्राहकले विशेष सुविधा उपभोग गर्न पाउनेछन्।

बैंकले आफ्ना लाखौं ग्राहकलाई सुविधा तथा छुट उपलब्ध गराउन र मुलकमा डिजिटल भुक्तानीलाई सहज बनाउन आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना ल्याएको छ। उक्त योजनामार्फत आफ्ना ग्राहकलाई छुट र क्यासब्याक योजना ल्याएको हो।

एनआइसी एशिया बैंकले ल्याएको यस योजनाअनुसार भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखा) लगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट उपलब्ध गराएको छ।

बैंकले यो योजना असोज १ गतेदेखि २०७९ कात्तिक १५ गतेसम्म लागू गरेको जनाएको छ।

डिपार्टमेन्ट स्टोरमा बढेको ग्राहकको आकर्षणलाई ध्यानमा राखेर डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने विभिन्न योजनाहरू सार्वजनिक गरिरहेको बैंकले जनाएको छ।

‘मुलुकभर डिपार्टमेन्ट स्टोरमा किनमेल गर्ने आम मानिसको संख्यामा वृद्धि भइरहेको छ। अन्य ठाउँमा जस्तै यी स्टोरहरूमा पनि डिजिटल भुक्तानीलाई अझ विस्तार गर्न हाम्रो बैंकले विभिन्न योजना सार्वजनिक गरेको छ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने भने।

उनले भने ‘डिपार्टमेन्ट स्टोरका किनमेल योजना र ग्राहकको चाहनालाई बुझेर हामीले हाम्रा ग्राहकलाई विभिन्न छुट र क्यासब्याक सार्वजनिक गरेका छौं।’ यी शाखाहरूबाट कारोबार गरेर धेरैभन्दा धेरै फाइदा उठान सकिने बैंकले जनाएको छ।

भाट–भटेनीका मुलुकभर फैलिएका शाखामा आउने लाखौं ग्राहकलाई ध्यानमा राखेर यस सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध गराएको छ।

साथै, मोबाइल बैंकिङबाट पनि स्मार्ट क्युआरमा भुक्तानी गर्दा १० प्रतिशत वा ५०० रुपैयाँ छुट उपलब्ध रहेको छ।

त्यसैगरी, सेल्सबेरी, बिगमार्ट काठमाडौंलगायतका मुख्य सहरमा चलेको सुपरमार्केटमा पनि यो सुविधा उपलब्ध गराएको छ।

साथीमार्ट नयाँ मार्टका रूपमा मुलुकभर सयभन्दा धेरै शाखा तथा फ्रेन्चाइज विस्तार गरिसकेको छ।

मुलुकमा सञ्चालनमा रहेको यी मुख्य सुपरमार्केट तथा स्टोरमा विभिन्न सामग्रीहरू खरिद गरी एनआइसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पिएसओ तथा मोबाइल बैंकिङ एनआइसी एशिया बैंकमार्फत क्युआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ।

यस बैंकमा खाता नभएका ग्राहकरूले नेपालभर रहेका भाट–भटेनी सुपरमार्केटहरू, सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा सुरू गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नेछन्।

बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट तथा साथीमार्टमा आफ्नो स्टल पनि राखेको छ।

उक्त स्टलबाट ग्राहकले नयाँ खाता खोल्न तथा डिजिटल भुक्तानी सम्बन्धी विषयमा थप जानकारी पनि लिन सक्नेछन्।

आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिनुभएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भ एवं एपबाट सोझै सहज रूपमा आफ्नो कार्डमा ई–कमर्श सुरू गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन्।

कमेन्ट गर्नुहोस्