दसैँका लागि नयाँ नोट साट्ने भोलि शुक्रबार अन्तिम दिन रहेको छ । शनिबारदेखि लगातार बिदा रहेकाले भोलि नयाँ नोट सटहीको अन्तिम दिन रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सोही अवधिसम्ममा १० अर्ब बराबरको ठूला दरको नोट बजारमा गएको छ । नेपालका अनुुसार अहिलेसम्म झन्डै २२ अर्बको नोट बजारमा गएको छ। ‘भदौ २६ गतेदेखि हिजो असोज १२ गतेसम्म झन्डै २३ अर्बको नोट बजारमा गएको छ’, उनले भने।
अझै माग भइरहेकोमा ५० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा जाने नेपाल राष्ट्र बैंकको भनाइ रहेकाे छ।
यता ३ अर्बबराबरको ठूला नोटको माग भइरहेको नेपाल राष्ट्र बैंकले जनाएका छन् । ‘भोलिसम्ममा कुल करिब २६ अर्ब रुपैयाँजतिको नयाँ तथा ठूला दरको नोट बजारमा जान सक्ने अनुमान रहेकाे छ’ । ‘यद्यपि बैंकहरुले एटीएममा राख्नका लागि थप रकम पनि माग गर्न सक्छन्।’
भोलिमात्रै नोट सटही गर्न पाइने भएपछि राष्ट्र बैैंक, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सर्वसाधारणको भीड लागेको छ । राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि दसैँलक्षित नयाँ नोटको सटही सुुरु गरेको थियो। अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने असोज पहिलो सातादेखि नयाँ नोट वितरण गरेका थिए।
केन्द्रीय बैंकले हरेक वर्ष दसैँलाई लक्षित गरी नयाँ नोट सटही गर्दै आएको छ।