गुराँस लाइफ इन्स्योरेन्सको १२ औँ वार्षिक साधारणसभा कात्तिक ४ मा

131
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/guras-life-insu-1024×489.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/guras-life-insu-768×366.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/guras-life-insu-1536×733.jpeg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/guras-life-insu.jpeg 1700w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डोकेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आउँदो कात्तिक ४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७६-७७ का लागि प्रस्तावित कुल ७.८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन् ।

सभाले युनियन लाइफ र प्राइम लाइफसँगको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ ।  आर्थिक वर्ष  २०७६-७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक सभा प्रयोजनका लागि कम्पनीले यही असोज २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कमेन्ट गर्नुहोस्