नेपाल टी–ट्वान्टी लिग मंसिर २६ गतेबाट

Share:
arthasanjal.com/wp-content/uploads/2022/09/nepal-T-20-768×432.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-T-20.webp 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल टी–ट्वान्टी लिगको आगामी मंसिर २६ गतेबाट हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।

क्यानले लिगको नयाँ मितिलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको समेत जनाएको छ । क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी अल स्टार र फार वेस्टर्नले प्रतिस्पर्धा गर्ने छन् ।

यस अघि प्रतियोगिता असोज ८ बाट कात्तिक ५ सम्म हुने तालिका थियो । तर, सुरक्षाको कारण क्यानले मंसिरसम्मका लागि सारेको थियो । प्रतियोगिताका लागि क्यानले ड्राफ्ट गरिसकेको छ । जसबाट सहभागी ६ टोलीले मार्की र विदेशी सहित सबै खेलाडी अनुबन्ध गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्