लमजुङमा चाडपर्व लक्षित बजार अनुगमनमा तीव्रता, दर्ताबिनाका चार पसल बन्द

213
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/FB_IMG_1664267997093.jpg.webp 720w” sizes=”(max-width: 500px) 100vw, 500px” />

दशैँसहितका चाडबाड लागेसँगै लमजुङका विभिन्न बजारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनकै क्रममा मंगलबार दोर्दी गाउँपालिकामा दर्ताविना सञ्चालनमा रहेका चार वटा पसल बन्द गरिएको छ । विनादर्ता सञ्चालनमा रहेको फेला परेपछि पसलहरू बन्द गरिएको हो ।

दोर्दी गाउँपालिका-४ नौथरशेरा बजारमा १८ वटा पसल अनुगमन गर्दा दर्ता नगरी सञ्चालन भएका पसल बन्द गरिएको हो ।
अनुगमन गरिएकामध्ये चार वटा पसल दर्ताविना सञ्चालनमा रहेको पाइएकाले दर्ता गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन गरिएको छ । ती पसललाई तत्कालका लागि पसल बन्द गराइएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामग्री भेटिएको छ । म्याद गुज्रिएको सामग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन । केही खाद्यान्न पसलमा मूल्यसूची नराखिएको, साइनबोर्ड नराखिएको, किराना पसलमा मदिरा तथा सुर्तीजन्य पदार्थ इजाजतपत्र नलिई बेचबिखन गरेको पाइएको छ ।

नौथरशेरामा सञ्चालनमा रहेको शिव किराना पसलले विनाइजाजत सुर्तीजन्य पदार्थ बेचबिखन गरेको पाइएकाले ठूलो मात्रामा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । इजाजतपत्र लिएर मात्र सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न अनुगमन टोलीले निर्देशन गरेको छ ।

कमेन्ट गर्नुहोस्