
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी)बैंकको कारोबार रोक्का भएको छ । दुवै बैंकबीच एक आपसमा गाभ्ने र गाभिने (मर्जर) सम्बन्धी सम्झौता भएसँगै दोस्रो बजारमा कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।
दुबै बैंकले हिजो (सोमबार) मर्जरसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षार गरेका हुन् । सम्झौता अनुसार दुई बैंकले एक बराबर एक सेयरको अनुपातमा मर्ज हुनेगरी सम्झौता गरेका छन् । यद्यपि डिडिए रिपोर्ट आएपछि यो अनुपात फरक पर्न सक्ने बताईएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका हालका सिइओ रमेशराज अर्याल हुनेछन् ।
हाल कुमारी बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । दुई बैंक गाभिएपछि चुक्ता पूँजी २५ अर्ब ८५ करोड पुग्नेछ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/kumari-ncc-768×512.jpg 768w, 






