कामना सेवाद्वारा चाडपर्व अफर : क्यूआर भुक्तानीमा १० प्रतिशतसम्म छुट

249
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1664160553image-150×150.jpeg 150w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1664160553image-768×768.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1664160553image-400×400.jpeg 400w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1664160553image.jpeg 823w” sizes=”(max-width: 300px) 100vw, 300px” />

कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई चाडपर्वको समयमा डिजिटल भुक्तानी गरी चाडपर्व अझै रमाइलो र भुक्तानी सहज गर्ने उद्देश्यले चाडपर्व अफर ल्याएको छ।

यो योजनाअनुसार बैंकले आफ्ना फोनपे क्यूआर ग्राहकलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानीमार्फत आकर्षक छुट प्रदान गर्नेछ।

‘यस चाडपर्व लाइफ इजी बनाऔँ, नगद छोडौँ फोनपे गरौँ’ भन्ने नाराका साथ क्यूआर ग्राहकले क्यूआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा रु. १०० सम्म छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै फोनपेबाट क्यूआर, आईबीएफटी तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकले हरेक दिन १ लाख जित्न सक्नेछन्। साथै, फोनपे क्यूआरबाट भुक्तानी गर्दा व्यवसायीले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन्। ग्राहकले यो लक्कीड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभल च्यालेन्स एसेप्ट गर्नुपर्दछ।

कमेन्ट गर्नुहोस्