नेप्सेको तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक : बोर्ड

230
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/02/sebon-9-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/02/sebon-9.jpg 960w” sizes=”(max-width: 400px) 100vw, 400px” />

नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी शुल्क धितोपत्र बोर्डले बढाएको भन्ने खबरहरु भ्रामक भएको भन्दै बोर्डले ध्यानाकर्षण गराएको छ। बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै नेप्सेले पठाएको तथ्यांकनै स्वीकृत गरेको जनाएको ।

विज्ञप्तिमा भनिएको छ, ‘हालै केही अनलाइन संचार माध्यममा नेप्सेको तथ्यांक शुल्क सम्वन्धमा बोर्डबाट बोर्डबाट ६ गुनासम्म वृद्धि गरि स्वीकृत गरेको भन्ने तथ्यहिन तथा भ्रामक समाचार प्रकाशित भएकोमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ ।’

धितोपत्र कारोबार भएपश्चात उपलब्ध हुने तथ्यांक तथा जानकारी दिनेसम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यविधि बनाई लागू गर्न सक्ने सेबोनले जनाएको छ। ‘नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोबार भएपश्चातको तथ्यांक तथा जानकारी उपलब्ध गराएबापत कुनै शुल्क लिने व्यवस्था भएमा सेबोनबाट स्वीकृति लिएरमात्र लिन पाइन्छ’, विज्ञप्तिमा भनिएको छ।

arthasanjal.com/wp-content/uploads/2022/09/board-500×292.png 500w, arthasanjal.com/wp-content/uploads/2022/09/board-368×216.png 368w” sizes=”(max-width: 747px) 100vw, 747px” />

कमेन्ट गर्नुहोस्