साढे ६ महिनामा विपद्का घटनाबाट एक अर्बभन्दा बढीको क्षति

169
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/1-135-1024×546.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/1-135-768×410.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/1-135.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

विपद्का घटनाले पछिल्लो करिव साढे ६ महिनाको अवधिमा नेपालमा एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७९ वैशाख १ गतेदेखि असोज ९ गतेसम्मको अवधिमा देशभर भएका १ हजार ८०४ वटा विपद्का घटनाबाट उक्त क्षति भएको हो ।

सो अवधिमा बाढी, पहिरो, चट्याङ, आगलागी, भारीवर्षा, हुरी बतास, भूकम्प, जनावर आक्रमण र वन डढेंलोबाट १ अर्ब ४४ लाख ७० हजार ९३५ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणरले जनाएको छ । यसवर्ष सबैभन्दा ठूलो आर्थिक क्षति आगलागीका घटनाले गरेको छ ।

आगलागीका घटनाबाट बितेको करिव साढे ६ महिनामा ८३ करोड १९ लाख १ हजार १६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । प्राधिकरणका अनुसार यसवर्ष पहिरोबाट ८ करोड ५५ लाख ५८ हजार ७०० रुपैयाँ, बाढीबाट १ करोड ३२ लाख ४२ हजार रुपैयाँ, चट्याङबाट ३४ लाख ९२ हजार रुपैयाँ, भारीवर्षाबाट २ करोड ७७ लाख ४५ हजार १७५ रुपैयाँ र हुरीबतासबाट २ करोड ५४ लाख ११ हजार ८०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

यस्तै, जनावरको आक्रमणबाट ३९ लाख ५ हजार १०० रुपैयाँ र वन डढेंलोबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ बराबरको आर्थिक भएको प्राधिकरणले जनाएको छ । गत वर्ष (२०७८) को सोही अवधिमा विपद्का घटनाले नेपालमा १ अर्ब १ करोड ७६ लाख ३२ हजार ८४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । विपद्का घटनाबाट यसवर्ष २२१ जनाको मृत्यु भइसकेको छ भने १३ जना बेपत्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्