भदौमा वस्तु आयात बढ्यो, निर्यात झनै खुम्चियो

189
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/tarkari-aayat-bharat_20190417012015-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/tarkari-aayat-bharat_20190417012015.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

चालू आर्थिक वर्ष २०७९/८० को २ महिनामा नेपालको आयात र निर्यात दुवै सूचकमा गिरावट आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ महिनासम्ममा नेपालको आयात १३ प्रतिशत र निर्यात ३४ प्रतिशतले घटेको हो ।

यद्यपि साउन महिनाको तुलनामा आयात बढेको छ । भदौ महिनामा दशैँ लक्षित सामानहरु बढी भित्रिएको हो । भदौ महिनामा २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको आयात भएको छ।

साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँको आयात भएको थियो।

गत आर्थिक वर्षको भदौ महिनामा ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।

निर्यातमा गिरावट

भदौ महिनामा आयात बढे पनि निर्यातमा भारी गिरावट आएको छ । २ महिनामा २८ अर्ब ६८ करोड रुपैयाँको मात्र वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको  छ । यो अवधिमा गतवर्ष ४४ अर्बको निर्यात भइसकेको थियो।

गत वर्षको तुलनामा यो वर्ष निर्यात ३४ प्रतिशतले खुम्चिएको छ।

वैदेशिक व्यापार पनि घट्यो  

आयात र निर्यात दुवै सूचकमा गिरावट आएसँगै कूल वैदेशिक व्यापार समेत घटेको छ । विभागका अनुसार यस अवधिमा नेपालको वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । गतवर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको वैदेशिक व्यापार भएकोमा यसवर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँको व्यापार भएको छ ।

व्यापार घाटा २ खर्ब माथि

बढ्दो आयातका कारण नेपालको वैदेशिक व्यापार भने निरन्तर घाटामा छ ।चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा पुगेको छ । गत आर्थिक वर्षको तुलनामा  व्यापार घाटा ९.४५ प्रतिशतले कम भएको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा  व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड रुपैयाँ बराबरको थियो ।

सबैभन्दा धेरै डिजेल आयात

नेपालले विश्वका ११६ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न लगायतको वस्तु आयात भएको छ ।

दुई महिनामा सबैभन्दा धेरै आयात डिजल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। यो अवधिमा डिजल १८ अर्ब ४२ करोड, पेट्रोल १२ अर्ब १८ करोड र ग्यास १० अर्ब रुपैयाँको आयात भएको छ।

कमेन्ट गर्नुहोस्