सुनको मूल्य आज १ हजारले घट्याे, तोलाको कतिमा हुँदैछ कारोबार ?

292
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/8-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/8-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली बजारमा  साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । योसँगै आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

शुक्रबार सुनको मूल्य  तोलामा १ हजार रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर १ हजार १७० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

कमेन्ट गर्नुहोस्