अभियान लघुवित्तको सेयर कारोबार खुल्यो

142
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/abhiyan-laghubitta-1024×478.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/abhiyan-laghubitta-768×358.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/abhiyan-laghubitta.jpg 1500w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। पहिलो कारोबारका लागि भने नेप्सेले अभियान लघुवित्तलाई प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको थियो । आज स्पेसल प्रि–ओपसन सेसनमा यो लघुवित्तको सेयर ३१६ रुपैयाँमा किनबेच भएको छ।

अभियान लघुवित्त र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच गत असोज ७ गते आईपीओ सूचीकरण सम्झौता भएको थियो। जसअनुसार नेप्सेमा अभियान लघुवित्तको कुल २५ लाख कित्ता आईपीओ सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) सेयर सूचीकृत भएको छ।

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ।

अभियान लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ बिक्री गरेको थियो। आईपीओ बाँडफाँड भने साउन ३० गते गरिएको थियो।

कमेन्ट गर्नुहोस्