बजेटभन्दा बाहिरको हिसाब २४ घण्टाभित्र बुझाउन अर्थलाई निर्वाचन आयोगको निर्देशन

183
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/nirbachan-1024×502.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/nirbachan-768×376.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/nirbachan.webp 1100w” sizes=”(max-width: 500px) 100vw, 500px” />

निर्वाचन आयोगले बजेटभन्दा बाहिर गएर गरिएको खर्चको विवरण २४ घण्टाभित्र पेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले निर्वाचन घोषणा भइसकेपछि मन्त्रालयबाट भएको बजेटभन्दा बाहिरको खर्च विवरण बुझाउन निर्देशन दिएको हो ।

‘निर्वाचन मिति तोकिइ निर्वाचन कार्यक्रमहरु कार्यान्वयन भइरहेको अवस्थामा व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमहरुमा नपरेका विभिन्न नयाँ योजनाहरु सिर्जना गरी कार्यक्रमहरुसमेत तयारी गरी नेपाल सरकार, अर्थ मन्त्रालयबाट विभिन्न मन्त्रालय तथा निकायहरुमा बजेट सरमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको भन्ने विषयमा आयोगको ध्यानाकर्षण भएको छ’, शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘निर्वाचन मिति तोकिए पश्चात व्यवस्थापिका संसदबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत रकम कुन कुन योजना तथा कार्यक्रमरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ,छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्ने निर्देशन दिएको छ ।’

सरकारले गत साउन १९ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेको थियो । तर आव २०७९/८० को लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजना सिर्जना गरी कार्यक्रम बनाएर अर्थ मन्त्रालय तथा निकायमा बजेट रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरेको विषयमा आयोगको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/09/ec_artha_nirdeshan_y0TAMKso93.png?resize=768%2C1086&ssl=1 768w, i0.wp.com/www.onlinepana.com/wp-content/uploads/2022/09/ec_artha_nirdeshan_y0TAMKso93.png?w=1000&ssl=1 1000w” alt=”” width=”720″ height=”1018″ data-recalc-dims=”1″ />
कमेन्ट गर्नुहोस्