सामसङ ग्यालेक्सी ए०४ एस नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

224
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/samsung_galaxy-1024×629.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/samsung_galaxy-768×472.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/samsung_galaxy.jpg 1155w” sizes=”(max-width: 488px) 100vw, 488px” />

सामसङले नेपाली बजारमा नयाँ स्मार्टफोन ग्यालेक्सी ए०४ एस सार्वजनिक गरेको छ । ९० हर्ज रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले भएको यो फोनमा ट्रिपल सेट क्यामेरा दिइएको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलकै डेप्थ क्यामेरा छ । त्यसैगरी सेल्फीको लागि भने ५ मेगापिक्सेलको क्यामेरा छ । ५००० एमएएच ब्याट्री भएको यो फोनमा एक चोटिको फूल चार्जमा २ दिनसम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ ।

नेपाली बजारमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१,९९९ रुपैयाँ छ भने ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ रुपैयाँ तोकिएको छ ।

कमेन्ट गर्नुहोस्