संविधान दिवसको अवसरमा ६ बैंकर विभूषित, ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री

214
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/tt-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/tt-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/tt-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/tt.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

आज आठौँ संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको थियो । संविधानका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई समाजमा पुर्याएको योगदानको कदर गर्दै मानपदवी, अलंकार र पदकबाट सम्मान गरिँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् । संविधान दिवसका अवसरमा विभूषित हुनेहरुमा ६ जना बैंकर पनि रहेका छन् ।

यसरी विभूषित हुने बैंकरहरुमा ज्ञानेन्द्रप्रसाद ढुंगाना, सुनिल केसी, मनिराम पोख्रेल, दिनेश थकाली, रुकमिणाकुमारी ज्ञवाली र शिक्षा भट्टचन रहेका छन्।

ज्ञानेन्द्रप्रसाद ढुंगाना नबिल बैंकका सीईओ हुन्। उनी वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)का पूर्वअध्यक्ष पनि हुन्। सुनिल केसी एनएमबि बैंकका सीईओ हुन्। उनी एनबीएमा उपाध्यक्ष छन्। ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री प्रदान गरिएको छ ।

त्यस्तै, तीन जना बैंकरले राष्ट्र यशोवर्द्धक पदवी पाएका छन् । बैंकरहरू मनिराम पोख्रेल, दिनेश थकाली र रुकमिणाकुमारी ज्ञवालीले राष्ट्र यशोवर्द्धक पाएका हुन् ।

बैंकर शिक्षा भट्टचन भने विकास रत्न पदकबाट सम्मानि हुँदैछिन्।

कमेन्ट गर्नुहोस्