
नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ४०० रुपैयाँले बढेको हो। आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको छ।
हिजो सोमबार भने सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन छापावाल सुन ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजा १८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/gold-1024×629.jpg 1024w, 






