अमेरिकामा चौविस हजार मङ्किपक्सका बिरामी

221
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Monkeypox-tease-1024×576.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/Monkeypox-tease-768×432.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Monkeypox-tease-1536×864.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/Monkeypox-tease.webp 1566w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ ।

केन्द्रका अनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै चार हजार छ सय ५६, न्युयोर्कमा तीन हजार सात सय ५५ र फ्लोरिडामा दुई हजार तीन सय ९८ जनामा मङ्किपक्स पुष्टि भएको छ । मङ्किपक्स सङ्क्रमण घातक नभए पनि धेरै बिरामीले दुईदेखि चार साताभित्र स्वास्थ्य लाभ गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मङ्किपक्सबाट हुने मृत्यु दर तीनदेखि छ प्रतिशतसम्म छ । अमेरिकाका स्वास्थ्य अधिकारीहरूले उक्त रोगको उपाचारका निम्ति उपलब्ध एकमात्र औषधिको अधिक प्रयोग नगर्न सुझाएका छन् ।

कमेन्ट गर्नुहोस्